बुधबार , भाद्र १७, २०८३

२०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ ।२०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको देखाएको छ । २०४८ सालदेखि जनसंख्या वृद्धिदर घट्दै आएर २०७८ सालमा १ प्रतिशतभन्दा कम भएको छ ।

यही अनुपातमा घट्दै गएको खण्डमा मुलुकमा विकसित मुलुकमा झैं जनसंख्या घट्दै जाने चिन्ता गर्न थालिएको छ । युवा पुरुष विदेशी रहेकाले र महिलामा प्रजनन् क्षमता घट्दै गइरहेकाले भविष्यमा समस्या आउने भन्दै चिन्ता प्रकट गर्न थालिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जुन १० वर्षअघिको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ ।

राष्ट्रिय तथ्यांक विभागअनुसार कुल जनसंख्यामा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । यो कुल जनसंख्याको ४८.९६ प्रतिशत हो । महिलाको संख्या भने १ करोड ४९ लाख १ लाख १ सय ६९ रहेको छ । नेपालमा महिला ५१.०४ प्रतिशत रहेको छ ।

जनगणना घर र परिवार संख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार जम्मा ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेका देखिएको छ ।

२०७८ सालको जनगणनाले नेपालमा संयुक्त परिवारबाट एकल परिवार बढ्न थालेको देखाएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । १० वर्षमा १३ लाख ३३ हजार ७ सय ५७ वटा परिवार थप भएकोबाट नेपाली जनता एकल परिवारमा टुक्रिन थालेको देखाएको हो । परिवारको आकार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ ।

जनसंख्या वृद्धिदर भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०।२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP