मंगलबार , बैसाख २९, २०८३

३० चैत २०६२, जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको दिन । जटिल भूगोलमा कष्टकर जनजीवन बिताइरहेका जुम्लावासीका लागि ठूलो उपलब्धि हासिल भएको दिन हो यो । हिँडेर वा विमान चढेर नेपालगन्ज पुगेपछि मात्र गाडी देख्ने अवस्थाबाट गुज्रिरहेका जुम्लीका लागि आफ्नै आँगनमुनिबाट हर्न बजाउँदै गाडी कुदेको देख्नु सपनै जस्तो थियो, एक प्रकारले ।जुम्लाको तिला–९ खोप्रीका स्थानीय टेकेन्द्र बुढा आफ्नो बाबु (बुबा)सँग २०६३ वैशाखमा विद्यालयका पोसाक र शैक्षिक सामग्री किनमेल गर्न खलंगा पुगे । त्यतिबेला उनी नौ वर्षका थिए । जुम्लाको सडकमा गाडी गुडेको देख्ने खोप्रीका पहिलो बालक थिए उनी । उनी घर फर्कंदै गर्दा उनको मनमा एउटा जिज्ञासा उत्पन्न भयो, मेरो गाउँमा पनि मोटर बाटो पुग्छ कि पुग्दैन ।’

सदरमुकामबाट झन्डै ६ घण्टाको पैदल यात्रापछि टेकेन्द्रको गाउँ खोप्रीमा पुगिन्छ । उनका बाबुले नुन, चामल बोके र टेकेन्द्रले आफ्नो झोला सम्हाले । तातोपानी गाउँपालिका–७ सर्मी गाउँबाट हिँड्दै गर्दा शिरको टोपी खस्ने उकालोमा बाबुको पिठ्युँमा बडेमानको भारी हेर्दै प्रश्न गरे, ‘बुबा, हाम्रो गाउँमा कहिले मोटर बाटो पुग्छ? निधारमा नाम्लो कहिले छुट्छ, अनि गाउँमा गाडी कहिले आउछ ?’

उनका बाबुले जवाफ दिए, ‘आउँछ छोरा, आउँछ, हाम्रो पनि पालो आउँछ ।’ अहिले टेकेन्द्र २५ वर्षका भए । तर, उनको गाउँमा मोटरबाटो पुगेको छैन ।

जुम्ला सडक सञ्जालमा जोडिएको १६ वर्ष पूरा भयो तर जुम्लाको तिला गाउँपालिकाका दर्जनौं गाउँमा गाडी पुगेको छैन । अहिले पनि किसानका कृषिजन्य उत्पादन कुहिएर खेर जाने गरेका छन् । विगत सम्झँदै टेकेन्द्रले राजधानीसँग भने, ‘पर्खेरै बिते कैयौं हिउँद र वर्षा, सडक बनेन, अहिले पनि एकाबिहानै उठेर खाद्यान्न बोकेर त्यही उकालो चढेर राति घर पुग्नुपर्छ ।’

अभावै अभावमा खोप्रीवासीको जनजीवन गुज्रिरहेको छ । आफंैले चुनेका जनप्रतिनिधि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदाइ हुँदै छन् । तर, गाउँमा खानेपानी, सडक, विद्युत्, सञ्चारलगायतका कुनै पनि सुविधा नहुँदा सास्ती छ । ‘अहिले त आश पनि मारिसक्यौं, हामीलाई अभाव र दुःखले कहिल्यै छाडेन,’ स्थानीय कालीबहादुर रावतले भने ।

अहिले तातोपानी ७ सुर्कीको कंयरकोटबाट सडक खन्न सुरु गरिएको छ तर थोरै खनेर अलपत्र अवस्थामा छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP