मंगलबार , बैसाख २९, २०८३

यातायात व्यवसायीले सवारी साधनमा जोरविजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी र सरोकारवालासँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो ।

छलफलमा व्यवसायीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् ।

सवारी साधन कम चल्दा यात्रुको भीड हुने भन्दै व्यवसायी जोरविजोर प्रणालीको विपक्षमा रहेका हुन् । यद्यपि सरकारले गरेको निर्णय आफूहरूले मान्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

जोरविजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने व्यवसायीहरूको भनाइ छ । यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP