सोमबार , भाद्र १५, २०८३

भौतिक पूर्वाधारमन्त्री रेणु यादवले रौतहटमा पुगेर आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको गौर घटना दोहोरिएर हत्या गर्न सक्ने चेतावनी दिएकी हुन् ।जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री याद‍वले बुधवार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राउतलाई गौर घटना दोहोरिन सक्ने भएकाले सचेत रहन चेतावनी समेत दिइन् ।

सीके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै इतिहासलाई नभुल्न सीके राउतलाई चेतावनी दिएकी छन् ।

तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । यो घटनालाई ‘गौर हत्याकाण्ड’ भनेर चिनिन्छ ।

वि.स‌ं. २०६३ मा जारी भएको अन्तरिम संविधान जलाएर मधेश आन्दोलन थालेको उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम आन्दोलनमा रहेकै बेला उक्त हत्याकाण्ड भएको थियो ।

यादवकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई निर्मम हत्या गरेको तत्कालीन माओवादीले दाबी गरेको थियो ।

अहिले फोरम र माओवादी दुवै सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक हुन् । गत वर्ष ‘गौर हत्याकाण्ड’ का पीडित परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपेन्द्र यादवको निर्देशनमा घटना भएकाले उनीमाथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

भौतिक पूर्वाधारमन्त्री रेणु यादव बुधवार कार्यक्रममा जानुअघि सीके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP