
कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
कार्यालयले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सेवा बन्द गरेको जनाएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/ प्रमाणित, नाबालक परिचयपत्रलगायत सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको बताए ।