मंगलबार , भाद्र १६, २०८३

तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ । छैन भने अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन ।कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्र्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो । यो नियम ७ माघबाट लागू हुँदै छ ।

गृह मन्त्रालयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमार्फत सरकारले ७ माघबाट खोप कार्डबिना हिँडडुल गर्न नपाइने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।

बैठकले कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मोबाइलमा भए पनि कार्डको फोटो खिचेर राख्दा हिँडडुल गर्न सहज हुनेछ ।

यसैगरी, विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले बन्द गरिएका विद्यालय १६ माघदेखि २० गतेसम्म खोल्ने निर्णयसमेत गरेको छ ।

विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय खोल्ने निर्णय गरेको कोइरालाले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई खोप लगाउन सो अवधिमा विद्यालयमा खोप अभियान नै चलाइनेछ ।

यसैगरी, विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP