मंगलबार , भाद्र १६, २०८३

स्थानीय प्रशासनले कलाकारलाई रोकेपछि आक्रोशित भिडले तेस्रो बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड गरेका छन् । उनीहरुले चार वटा सवारीमा आगजनी गरेको छ ।

पुस २३ गतेदेखि जारी महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादवलाई ल्याउने तयारी थियो । मंगलबार १२ बजे यादव आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिकट बिक्री गरेको थियो ।तर स्थानीय प्रशासनले आफ्नो निर्देशिन विपरित महोत्सव गरेको भन्दै कलाकार यादवलाई नआउन आग्रह गर्‍यो ।

आक्रोशित बनेको भिडले स्टेज तोडफोड गर्दै महोत्सव स्थलमा रहेको चारवटा स्करपियोमा आगजनी गरेको हो ।

स्थानीय प्रशासनले महोत्सव रोक्नका लागि यसअघि नै निर्देशन दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले मेला रोक्न अटेर गरेको थियो । महोत्सवमा अत्याधिक भीड देखिएपछि स्थानीय प्रशासनले खेसरीलाललाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेर राखेको थियो ।

खेसरीलाल नपुगेपछि आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्करपिओमा आगजनी गरेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीपछि बर्जु क्षेत्रको मंगलबार दिउँसो तनावग्रस्त बनेको बर्जु गाउँपालिका– ६ का वडाध्यक्ष विनोदकुमार चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP