शनिबार , जेठ ११, २०८२

स्थानीय प्रशासनले कलाकारलाई रोकेपछि आक्रोशित भिडले तेस्रो बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड गरेका छन् । उनीहरुले चार वटा सवारीमा आगजनी गरेको छ ।

पुस २३ गतेदेखि जारी महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादवलाई ल्याउने तयारी थियो । मंगलबार १२ बजे यादव आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिकट बिक्री गरेको थियो ।तर स्थानीय प्रशासनले आफ्नो निर्देशिन विपरित महोत्सव गरेको भन्दै कलाकार यादवलाई नआउन आग्रह गर्‍यो ।

आक्रोशित बनेको भिडले स्टेज तोडफोड गर्दै महोत्सव स्थलमा रहेको चारवटा स्करपियोमा आगजनी गरेको हो ।

स्थानीय प्रशासनले महोत्सव रोक्नका लागि यसअघि नै निर्देशन दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले मेला रोक्न अटेर गरेको थियो । महोत्सवमा अत्याधिक भीड देखिएपछि स्थानीय प्रशासनले खेसरीलाललाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेर राखेको थियो ।

खेसरीलाल नपुगेपछि आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्करपिओमा आगजनी गरेको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीपछि बर्जु क्षेत्रको मंगलबार दिउँसो तनावग्रस्त बनेको बर्जु गाउँपालिका– ६ का वडाध्यक्ष विनोदकुमार चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP