मंगलबार , अषोज २७, २०८३

अबुधाबीमा तीन जनाको ज्यान जाने गरी हुथी विद्रोहीले आक्रमण गरेपछि यूएई सरकारले त्यसको बदला लिने चेतावनी दिएको छ ।

सोमबार अबुधाबीमा भएका दुई आक्रमणमा दुई भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।यूएईका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक लुलिभानले यो आक्रमणको जवाफ दिने बताएको अलजजिराले जनाएको छ ।

अबुधाबी प्रहरीका अनुसार मुसफ्फाह क्षेत्रको एक तेल भण्डारण केन्द्र नजिक तीनवटा तेल ट्यांकरमा र अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल नजिकको एक निर्माण स्थलमा आक्रमण भएका थिए ।

अधिकारीहरुले प्रारम्भिक जाँचबाट सानो उड्ने वस्तु (सम्भवत ड्रोन हुनसक्छ)बाट इन्धन ट्यांकरमा आक्रमण भएको र आक्रमणका कारण ट्यांकर विष्फोट भएर आगलागी भएको जनाएका छन् ।

आक्रमणको जिम्मा हुथी विद्रोहीले लिएको छ । हुथी विद्रोही समूहका सैन्य प्रवक्ताले भनेका छन्- ब्यालेस्टिक मिसाइल र ड्रोन दुवै उपयोग गरेर यूएईका महत्वपूर्ण र संवेदनशील क्षेत्रमा सफल आक्रमण गरेका छौं । उनले नागरिकहरुलाई आफ्नो सुरक्षाका लागि महत्वपूर्ण प्रतिष्ठानबाट टाढै रहन पनि भनेका छन् ।

यूएई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनको एक सदस्य हो, जसले इरान समर्थित हुथी विद्रोहीविरुद्ध यमन सरकारको अभियानलाई सघाइरहेको छ ।

आक्रमणको निन्दा

हुथी विद्रोहीले यूएईमा गरेको आक्रमणको अमेरिका, साउदी अरब, बहराइन, कतार र इस्लामिक सहयोग संगठनले निन्दा गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले यूएईका समकक्षीसँग टेलिफोन कुराकानी गर्दै यो आक्रमणको निन्दा गरेको अलजजिराले जनाएको छ ।

यूएईको राष्ट्रपतिका सल्लाहकार अनवर गर्गशले ट्वीट गर्दै आक्रमणलाई निकृष्ट भनेका छन् । यसैगरी यूएईका विदेशमन्त्री अब्दुल्ला बिन जायद अल नाहयानले पनि जघन्य आपराध भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP