आइतबार , बैसाख २१, २०८२

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले कुराभन्दा काम बढी गरेको दाबी गरेकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) की सचिव समेत रहेकी नेतृ झाँक्रीले भनिन्, “म मन्त्री भएलगत्तै कोभिड संक्रमित भएँ । रिकभर हुनै एक महिना लाग्यो । साँच्चै भन्ने हो भने दुई महिनामात्र काम गरेकी हुँ । ढिलो बजेट स्वीकृत हुँदा पनि । सरुवा बढुवामा लागिनँ । अहस्तक्षेपको नीति लिएँ । मैले कुराभन्दा काम बढी गरेकी छु ।”

तपाईंले सय दिने कामको ३७ बुँदामा फेहरिस्त प्रस्तुत गर्नुभयो, संसदीय व्यवस्थामा त कामको समीक्षा प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा मन्त्री झाँक्रीले भनिन्, “मेरो मन्त्रालय एक-डेढ सय अर्बको काम गर्ने खालको होइन । कतिपय त ४५ लाखका आयोजना पनि छन् । मैले गुड फेथमा काम गरेकोे छु । नीतिगत सुधार गरेकी छु, यो देखिने काम हो । कतिपय कामको प्रभाव अलि दिन पछि देखिन्छ । निश्चय नै प्रधानमन्त्रीको कार्यकाल परीक्षण गर्ने इन्जिन हामी हौं । हामी प्रधानमन्त्रीप्रति जवाफदेही हुन्छौं । मैले मेरो कार्यक्षेत्रको कुरा गरें । यो पनि सरकारकै काम हो । मन्त्रीले गरेको कामबारे जनताले जान्न चाहनु स्वाभाविक हो । प्रधानमन्त्रीले ६ महिनाको तुलनात्मक अध्ययनको प्रतिवेदन चाँडै ल्याउँदै हुनुहुन्छ ।”

बाहिरफेर जे जस्तो चर्चा गरे पनि शेरबहादुर देउवाको कुशल प्रधानमन्त्री रहेको उनले अनुभव सुनाइन् । उनले थपिन्, “म यो मन्त्रिपरिषद्को सबैभन्दा कम उमेरकी मन्त्री हुँ । मेरो पहिलो मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीले आठ वटा एजेन्डामा आठ मिनेटमा सक्नुभयो । उहाँको गाइड लाइन दिने तरिका छुट्टै छ ।”
सरकारले खोपको अभाव हुन नदिएको पनि उनले बताइन् । मन्त्री झाँक्रीले भनिन्, “कतिपयले खोप नलगाएकाले खोप लगाउन विज्ञापन गर्नुपरेको छ । हामीले काठमाडौंपछि प्रदेश २ मा प्रादेशिक खोप भण्डारण केन्द्र बनाएका छौं ।”

तपाईंमाथि मन्त्रालयबाहिर बिचौलियासँग मिटिङ र सेटिङ गरेको गम्भीर आरोप छ नि भन्ने प्रश्नमा उनी आक्रामक रुपमा प्रस्तुत भइन्, “म मेरो छोरालाई गुड मर्निङ पनि नभन्दै तपाईंसँग एकाबिहानै कुरा गरिरहेकी छु । तपाईंले यस्ता नचाहिँदा कुरा गर्ने ?”

उनले स्पष्टीकरण दिइन्, “म बाहिर मिटिङ र सेटिङ किन गर्छु ? दलाल, व्यापारी, विचौलियाले मेरो मन्त्रालयमा टेकेका छैनन् । उनीहरु मेरो क्वार्टर र मन्त्रालयको गेटभित्र छिर्न सकेका छैनन् । मैले चेन ब्रेक गरिसकें । कुन चाहिँ बिचौलिया हो ? मैले चिनेको पनि छैन । मेरो मन्त्रालयमा कुनै अनियमितता छ भने अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने हो । मैले कर्मचारी संयन्त्रमार्फत काम निकाल्ने हो । म त्यति असक्षम पनि छैन कि मलाई कर्मचारीहरुले मनलाग्दी घुमाऊन् । म कर्मचारी परिवारकै मानिस हुँ । कसलाई कति दूरीमा राख्नुपर्छ, मलाई धेरै कुरा थाहा छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP