मंगलबार , बैसाख २९, २०८३

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कोभिड प्रोटोकल उल्लंख गरेकी छिन् । उनले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रोटोकल उल्लंख गरेकी छिन् ।मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा एक सय भन्दा बढि मानिस सहभागी भएको पाईएको छ ।

जबकी सरकारले कुनै पनि सभा तथा सम्मेलनमा २५ जनाभन्दा बढि भृदा हुन नपाउने व्यवस्था गरिएको छ । मन्त्री झाँक्रीले भने आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा निकै तामझाम गरेकी छिन् ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।

उनले मन्त्रीको कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा विभिन्न महत्वपूर्ण कामहरु भएको भनेर विवरण सार्वजनिक भएको छ। तर, कतिपयले भने उनले बोल्ने काममात्रै गरेको र व्यवहारमा भने त्यस्तो नदेखिएको सुनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP