मंगलबार , भाद्र १६, २०८३

वैदेशिक रोजगारीमा नेपाली युवाका लागि आकर्षक गन्तव्य बनेको मलेसियाले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने भएको छ।वैदेशिक रोजगार बोर्डले मलेसियाको सामाजिक सुरक्षा संगठन (सोक्सो) सँग सामाजिक सुरक्षाको सुविधामा समेट्ने गरी सम्झौता गरेपछि नेपाली युवाले सुविधा पाउने बाटो खुलेको हो। कोरोना महामारी कायमै रहेको बेला यस्तो सम्झौता गरिएको र मलेसिया रोजगारी सुरु हुन नसकेका कारण कार्यान्वयनबारे कतिपयले आशंका गरेका छन्।

हालसम्म श्रम स्वीकृति लिएको संख्याका आधारमा मलेसिया नेपाली श्रमिकका लागि सबभन्दा ठूलो गन्तव्य हो। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार सम्झौता कार्यान्वयनपछि मलेसियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भए परिवारले पारिश्रमिकको ९० प्रतिशतसम्म रकम पाउँछन्। जुन रकम मृतकका निकटतम आफन्तले आजीवन प्राप्त गर्ने उनले बताए।

मलेसिया रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारले अनुमति दिएपछि पेन्सनको सुनिश्चितता भएको बोर्डले जनाएको छ। सम्झौता अनुसार श्रम स्वीकृति लिएर मलेसियामा रोजगारी गरिरहेका नेपालीले त्यहाँका श्रमिकसरह सामाजिक सुरक्षा पाउने छन्।

यो सम्झौताका लागि मलेसियाले दुई वर्षअघि नै नेपाललाई प्रस्ताव पठाएको थियो। तर नेपालमा यसको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल हुँदा ढिलाइ हुन पुगेको अधिकारीहरू बताउँछन्।

नेपाल सरकारले त्यस्तो प्रस्तावलाई स्वीकार गरेपछि बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले उक्त कार्यक्रममा नेपाली श्रमिक सहभागी हुनेबारेको सम्झौतामा हस्ताक्षर गरेको बताए। सन् २०२० पछि सबै विदेशी कामदारलाई सोक्सोमा अनिवार्य आवद्ध गराउने मलेसियन सरकारले निर्णय गरिसकेको बताइएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP