आइतबार , जेठ १२, २०८२

नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ ।पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने नियम बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट यहाँका बासिन्दाले झन्झट बेहोर्नुपरेको हो ।

तीन महिनासम्म चामल बिक्रीवितरण बन्द गरेको खाद्य लिमिटेड शाखा हुम्लाले शुक्रबारबाट पुनः बिक्रीवितरण थालेकोमा चामल मौज्दात कमी भएको भन्दै नागरिकता पेस गर्नुपर्ने उर्दी गरेको हो । चामल भने चार किलो मात्रै दिइनेछ ।

खाद्य लिमिटेड शाखा हुम्लाको यो नियमले हुम्लाका जनता आक्रोशित भएका छन् । ४÷४ घण्टा पैदल हिँडेर आउँदा पनि जम्मा चार किलो चामलका लागि नागरिकता पेस गर्नुपरेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।
राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP