आइतबार , जेठ २६, २०८२

सिन्ह्वा समाचार संस्थाका बरिष्ठ एवं व्यवसायिक पत्रकारद्वारा लिखित गैर-काल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड : चिनियाँ पत्रकारको नजरमा नेपाल’को नेपाली संस्करण ग्रेगोरियन सम्वत् २०२२ को नयाँ वर्षको तेस्रो हप्ताको शुरुवातमा देशभरका पुस्तक पसलहरुमा आउँदै छ। यो पछिल्लो पुस्तकको शीर्षक ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ छ।

लेखक चाउ शेङ्गपिङ्ग एक दशकदेखि यो हिमाली राष्ट्रमा बस्दै तथा काम गर्दै आएका छन्। नेपाल र चीनको राष्ट्रिय सञ्चार माध्यममा आएका एक दर्जन भन्दा धेरै समालोचना सहित सन् २०२१ अप्रिलमा यो पुस्तक प्रकाशन भएको हो।

काठमाडौँमा कार्यरत यी पत्रकारले चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली जनताको लागि आफ्नै राष्ट्रिय भाषामा यो नेपाली संस्करण लिएर आएका हुन्।

उनको यो नयाँ पहलकदमीले थुप्रै नेपाली मित्रहरूको समर्थन हासिल गरेको छ। यो पुस्तकको लागि उदात्त भावनाले ओतप्रोत हुँदै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल एकेडेमीका चान्सलर गंगा प्रसाद उप्रेती, काठमान्डौ स्कुल अफ ल का प्राध्यापक युवराज संग्रौलाले प्रस्तावना लेखेका छन्।

यो नेपाली पुस्तकलाई सन् २०२१ डिसेम्बरमा जनता प्रकाशनले प्रकाशित गरेको छ भने यसको बिक्री मूल्य रु. ३५० रहेको छ।

नेपाली संस्करणको यो पुस्तकलाई राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन गरि पाँच अध्यायमा बाँडिएको छ। २४० पृष्ठ लामो यो पुस्तकमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरुको माध्यमद्वारा आफ्नो नीजि अनुभव र अन्य घटनाहरुलाई सार्वजनिक गरेका छन्। यो पुस्तक तिनै लेख, विश्लेषण, अन्तर्वार्ता, समाचार र विचारहरुको संग्रह हो।

लेखकले पुस्तकलाई अझै आकर्षक र अद्यावधिक गर्ने उद्देश्यले ८ पुराना लेखहरुलाई पछिल्ला नयाँ एवं ताजा लेखहरुद्वारा प्रतिस्थापन गरेका छन्। यी नयाँ लेखहरुले चीनको बिआरआइ र अमेरिकाको एमसीसी सम्झौता जस्ता जल्दाबल्दा र जरुरी मुद्दाहरूलाई सम्बोधन गरेका छन्। उनले नेपालको भू–राजनैतिक सम्बन्धलाई आफ्नो देश चीन,दक्षिणी छिमेकी इन्डिया र अमेरिका बीच राखेर विश्लेषण गर्ने प्रयास गरेका छन्।

यस पुस्तकको पहिलो अध्याय “के नेपाल सानो छ?” भन्ने आलेखबाट शुरु हुन्छ जसमा लेखकले, नेपालले आफूलाई सानो अर्थात लघुताभाष महसुस गर्नु नपर्ने किनकि यो बढी सुखी तथा स्वयंलाई धेरै ठूलो अर्थात महान देश भएको दाबी गर्ने ती धेरै देशहरु भन्दा कम भ्रष्ट रहेको, भन्ने सुझाव प्रदान गर्छन्।

राजनीति अध्यायमा लेखकले नेपालमा बढ्दो राजनीतिक अस्थीरता, असफलताका कारणहरुप्रति चासो व्यक्त गरेका छन् र नेपाली जनताको लामो समयदेखिको सामाजिक-आर्थिक विकास र सम्वृद्दि हासिल गर्ने चाहना बारे समाधानका उपायहरु सुझाएका छन्।

वर्षौं लामो समय नेपालमा बिताएका यी लेखकले सर्वसाधारण नेपाली जनताको सरोकार र आकांक्षालाई बुझेका छन् भने उनीहरूको आवाजलाई यी लेखहरु मार्फत अभिव्यक्त गरेका छन्।

नेपाली नेताहरुलाई ब्युँझन तथा देशको सामाजिक-आर्थिक विकासमा केन्द्रित हुन सुझाव दिंदै लेखकले चिनियाँ सर्वोच्च नेता स्वर्गीय माओत्सेतुङको भनाइलाई साभार गर्छन्, ‘दस हजार वर्ष धेरै लामो छ, आजैदेखि काम गर, अहिल्यै देखि काम गर।’

यो पुस्तकले सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको ऐतिहासिक नेपाल भ्रमण लगत्तै चीन – नेपाल सम्बन्ध रणनैतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षहरुलाई पनि समेटेको छ। लेखकले यो भ्रमणबाट दुई देश बीच रहेको दौत्य तथा हार्दिक सम्बन्धमा नयाँ अध्याय थपेको विषयलाई निरीक्षण गरेका छन्।

नेपाली राजनीति, भू-राजनीति र कुटनीति बाहेक लेखकले नेपालको अर्थतन्त्र, यसको असफलता र सफलताको सम्भावना बारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्। उनले नेपालमा बिआरआइ परियोजनाको महत्त्व तथा चिनियाँ रेलको सपनाका अगाडि खडा भएका विद्यमान चूनौतीहरुलाई पनि प्रकाश पारेका छन्।

पछिल्ला अध्यायहरुमा लेखक नेपालको रंगीबिरंगी सांस्कृतिक विविधता तथा प्राकृतिक सौन्दर्य अनि नेपाली जनताको सरलता र मित्रवत् व्यवहारबाट मन्त्रमुग्ध हुन पुगेका विषयहरु प्रतिविम्बित छन्।

आफ्नो प्रस्तावनामा विचार प्रस्तुत गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालका लागि बहुपक्षीय सल्लाह र सुझावहरु संकलित भएको पुस्तकको स्वरुपमा यो एक अमूल्य उपहार भएको उल्लेख गरेका छन्।

“यो पुस्तकलाई केवल चाउको मात्रै भन्दा पनि समग्र रूपमा चीनको सुझावको रूपमा हेरिनु पर्छ।” नेपाल सरकार, राजनीतिक दलहरू र नेपाली जनताले यस्ता रचनात्मक सुझावलाई ध्यान दिनुपर्ने कुरा खनालले आफ्नो प्रस्तावनामा उल्लेख गरेका छन्।

चाउ शेङ्गपिङ्ग नेपाल बारे अंग्रेजी भाषामा लेखिएको अर्को नयाँ पुस्तक सन् २०२२ भित्र प्रकाशन गर्ने तरखरमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP