मंगलबार , बैसाख २९, २०८३

रुरुक्षेत्रमा निर्माणाधीन तीनमुखे झोलुंगे पुल साढे सात वर्ष बित्दासमेत अधुरै छ । तीन वर्षमा सक्ने गरी ठेक्का भएको हो । २०७१ असार १० मा पुलको शिलान्यास भएको थियो ।

निर्माण व्यवसायीले २०७४ असार ९ मा काम सक्नुपर्ने थियो । तर अहिलेसम्म काम पूरा भएको छैन । निर्माण सक्नुपर्ने म्याद गुज्रेको समेत चार वर्ष बितिसकेको छ । निर्माण व्यवसायीको लापरबाही र सरोकारवाला निकायको बेवास्ताले पुल बन्न नसकेको हो ।

तानसेन नगरपालिका–१४ अर्गली, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडीबजार र स्याङ्जाको कालिगण्डकी गाउँपालिका–१ कारिकोट चण्डीभञ्ज्याङलाई जोड्ने गरी पुल निर्माण सुरु भएको थियो । स्थानीय रेखदेख, अनुगमन लगायतको जिम्मेवारी कसैलाई नदिएकाले पनि काममा ढिलाइ भएको रुरुक्षेत्र–१ रिडीका वडाध्यक्ष रामलाल विकले बताए । ‘काममा निर्माण व्यवसायीले लापरबाही गरे पनि अनुगमनकारी निकाय नै कोही भएन,’ उनले भने, ‘स्थानीय सरकारलाई निर्माण व्यवसायीले टेर्ने अवस्था रहेन ।’ कालीगण्डकी नदी र रिडी खोलाको दोभानमा पुल बनिरहेको छ ।

निर्माण व्यवसायीकै कारण पुल निर्माणले तीव्रता पाउन नसकेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ ।

ठेक्का पाएको नयाँबाटो रुविना मना जेभी कन्स्ट्रक्सनले तीन जिल्लाको कतै पनि के कति काम गर्ने र कहिले सक्ने भन्ने होर्डिङ बोर्ड राखेको छैन । सस्पेन्सन बिज्र डिभिजनका अनुसार पुल निर्माण गर्न १५ करोडको इस्टिमेट भए पनि ९ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । तोकिएको मितिमा काम नसकिएपछि निर्माण व्यवसायीलाई डिभिजन कार्यालयले म्याद थपेको थप्यै छ ।

डिभिजनका अनुसार पुलको बीच भागको मुख्य फाउन्डेसन सकेर पाल्पा र गुल्मीतर्फको काम अन्तिम चरणमा पुगेको छ ।

स्याङ्जातर्फको काम पनि भइरहेको छ । सुरुमा फाउन्डेसनमा केही समस्या भएको थियो । अहिले समस्या नभएको जनाएको छ । व्यवसायीले इस्टिमेटभन्दा धेरै कम मूल्यमा बिड गरेको छ । त्यसैले कामदार पठाउने गरे पनि कामलाई तीव्रता दिएको छैन । पुल निर्माण हुँदा पाल्पा र गुल्मी हिँडडुलमा समेत दुई किलोमिटर दूरी छोटो पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP