आइतबार , जेठ २६, २०८२

बीबीसी । ज्वालामुखी विस्फोटपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ । उक्त ज्वालामुखी पानी मुनि भएको थियो ।

टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् । त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा ताजा विस्फोट हो ।

उता, फिजीको राजधानी सुवाका अधिकारीहरूले ८ मिनेटसम्म भएको ज्वालामुखीको विस्फोटको आवाज यति भीषण थियो कि त्यो आवाज ५ सय माइल पर रहेको फिजीसम्म सुनिएको थियो ।

टोंगाका भूगर्भ विभागका अनुसार ज्वालामुखीबाट निस्किएको ग्यास, धुवाँ र बादल आकाशमा २० किलोमिटर माथिसम्म पुगेको थियो । टोंगाको राजधानी ज्वालामुखीबाट मात्र ६५ किलोमिटरको दुरीमा रहेको छ । अस्ट्रेलियाको मौसम विभागका अनुसार १.२ मिटर अग्लो सुनामी त्यहाँ दर्ता गरिएको छ । ज्वालामुखी विस्फोटले २३ सय किलोमिटर टाढा रहेको न्युजिल्याण्डमा पनि आँधीको चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP