मंगलबार , अषोज २७, २०८३

बीबीसी । ज्वालामुखी विस्फोटपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ । उक्त ज्वालामुखी पानी मुनि भएको थियो ।

टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् । त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा ताजा विस्फोट हो ।

उता, फिजीको राजधानी सुवाका अधिकारीहरूले ८ मिनेटसम्म भएको ज्वालामुखीको विस्फोटको आवाज यति भीषण थियो कि त्यो आवाज ५ सय माइल पर रहेको फिजीसम्म सुनिएको थियो ।

टोंगाका भूगर्भ विभागका अनुसार ज्वालामुखीबाट निस्किएको ग्यास, धुवाँ र बादल आकाशमा २० किलोमिटर माथिसम्म पुगेको थियो । टोंगाको राजधानी ज्वालामुखीबाट मात्र ६५ किलोमिटरको दुरीमा रहेको छ । अस्ट्रेलियाको मौसम विभागका अनुसार १.२ मिटर अग्लो सुनामी त्यहाँ दर्ता गरिएको छ । ज्वालामुखी विस्फोटले २३ सय किलोमिटर टाढा रहेको न्युजिल्याण्डमा पनि आँधीको चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP