मंगलबार , भाद्र १६, २०८३

माघी पर्वको अवसरमा लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा हुने भएको छ ।प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएपछि लुम्बिनीमा माघ २ गते आइतबार सार्वजनिक बिदा हुने भएको हो ।

प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिँइदै आएको छ । यस वर्ष पनि सो बिदालाई निरन्तरता दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

बिगतका दिनमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन अर्थात यस वर्ष पौष ३० गते प्रदेश सरकारको तर्फबाट साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएको थियाे ।

तर यस पटक कोभिड १९ को तेस्रो लहर ओमिक्रोनको महामारीको कारणले गर्दा सो कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिं बिकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP