मंगलबार , बैसाख २९, २०८३

यतिबेला चीनसँगको सीमा नाका ठप्पप्रायः छ । चीनले चाहेमा जेसुकै लाने र पठाउने गर्न सक्छ । तर, नेपालले चाहेमा सीमाबाट मूसा छिर्न पनि मुश्किलको अवस्था छ । जसका कारण नेपालले ठूलो आर्थिक नोक्शानी भोगिरहेको छ ।

चीनमा अध्ययन गरेर नेपालमा रहेका विद्यार्थीहरु फर्कन पाएका छैनन् । विशेषगरी मेडिकलका विद्यार्थीहरु समस्यामा परेका छन् । उनीहरुले इन्टर्न गर्न नपाएर बेला बेलामा सडकमा ओर्लिइरहेका छन् ।

चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको विषयहरु बाहिर आयो । कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले उतिबेलै यो विषय जोडतोडका साथ उठाए । सरकारले छानविन कमिटी गठन गरी प्रतिवेदन समेत तयार गरेको छ । तर, कूटनीतिक संवेदनशीलतालाई दृष्टिगत गरी सार्वजनिक गरेको छ ।

चीनसँगको यावत समस्याहरु एकपछि अर्को उठ्न थालेपछि चिनियाँ राजदूतावासको प्रवक्ताले यसबारे बोलेका छन् । प्रवक्ताका तर्फबाट चिनियाँ राजदूतावासले चीनले सीमा अतिक्रमण नगरेको दाबी गरेको छ । चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक एकताको सम्मान गर्दै आएको भनेको छ । नेपाल र चीनले सीमा समस्या सन् १९६० कै दशकमा समाधान गरिसकेको र हाल कुनै विवाद नरहेको उल्लेख गरिएको छ । दुवै देशमा सीमा सम्बन्धी मामलामा राम्रो सञ्चारहरु भइरहेको र व्यक्तिगत झूटा रिपोर्टको पछि नलाग्न भनिएको छ ।

चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगरेको दाबी गरिएको छ । पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीका अलावा चीनबाट उच्च अधिकारीहरु नेपाल आएर राजनीतिक हस्तक्षेपहरु गरेको विषय बाहिर आइरहँदा यो भनाई सार्वजनिक भएको हो ।

सीमा नाकामा चीनले नाकाबन्दी लगाएको विषयबारे कूटनीतिक तरिकाले कोभिड १९ को महामारीलाई कारण देखाएको छ । उसले अहिले कोरोना महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको बताएको छ । तर, एकतर्फी नेपालमा सामान पठाउन दिइएको उल्लेख गरेको छ । चीनले चाहेमा नेपालमा सामान आयात हुने तर यहाँबाट निर्यात नहुने गरी कडाई गरिएको छ । यसमा उसले कोरोना महामारीलाई देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP