शुक्रबार , जेठ १०, २०८२

बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् । प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि भई जीवनशैलीमा पनि परिवर्तन हुने गरेको छ तर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दाका लागि बस्ती नजिकै रहेको युरेनियम खानी वरदान होइन, अभिशापजस्तै भएको छ ।

खानी नजिकका बासिन्दा वर्षौंदेखि युरेनियम विकिरणयुक्त पानी खान बाध्य हुँदै आएका छन्, जसका कारण यहाँका बासिन्दा जटिल खालका रोगबाट पीडित हुने गरेका छन् । जिल्लाको बकैया गाउँपालिका–२ स्थित धियाल क्षेत्रमा खोज अनुसन्धानबाट युरेनियमको खानी भेटिएको पत्ता लागेको लामो समय भइसक्दासमेत उचित व्यवस्थापन नहुँदा स्थानीयवासीका लागि युरेनियम खानी दुःख बन्दै आएको छ । खानी नजिकका बासिन्दालाई रोजगारीका अवसर दिनुपर्ने बेलामा खानी पत्ता लागेर पनि सुखको अनुभूति गर्न सकेका छैनन् ।

सन् १९९० को दशकमा साबिकको धियाल गाउँ विकास समितिमा पर्ने कालापानी खोला, तीनभँगाले, आँपदमार खोलालगायत स्थानमा अन्वेषणबाट बहुमूल्य युरेनियम खानी फेला पर्दा अन्वेषणकर्ता र सरकारी अधिकारीहरू जति खुसी थिए, त्योभन्दा बढी स्थानीय बासिन्दाले हर्ष मनाएका थिए । स्थानीय बासिन्दामा विकास आउने आशा र अपेक्षा थियो तर अहिले युरेनियम खानी हुँदै बग्ने पानी खान बाध्य स्थानीय बासिन्दाका लागि युरेनियम खानी वरदान होइन, अभिशापमा परिणत हुँदै गएको छ ।

खानी तथा भूगर्भ विभागले पछिल्लो पटक आर्थिक वर्ष २०६९/२०७० र आव २०७०/२०७१ मा प्रारम्भिक अन्वेषण गरेको थियो । खानेपानीको वैकल्पिक स्रोतको व्यवस्था नहुँदा कालापानी, बरबोट, झल्ला, तीनभँगाले, दोभान, लामाडाँडा, टोङटोङ बस्तीका झन्डै तीन सय घरधुरीसहित स्थानीय भूमेश्वरी आधारभूत विद्यालयका छात्रछात्रा युरेनियम खानीबाट निस्किएको विकिरणयुक्त पानी पिउन बाध्य छन् । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP