आइतबार , बैसाख २१, २०८२

माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्।

नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति खेदजनक भएको भन्दै अविलम्ब दुवै देशका प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उनले बताए।

नेता पोखरेलले सार्वभौमसत्तामाथि प्रहार हुने भारतीय क्रियाकलापले जनस्तरमा रहेको सम्बन्धलाई रोक्नेतर्फ सचेत गराएका छन्। उनले भनेका छन्, ‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्तामाथि गम्भीर प्रहार हुने क्रियाकलापले दुई देशको सम्बन्धलाई बलियो हुनबाट रोक्नेछ।’

केहीदिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा भारतले सडक बिस्तार गरिरहेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP