मंगलबार , भाद्र १६, २०८३

टर्कीले नेपाल र भारतबाट आउने यात्रुहरूको लागि नयाँ नियम जारी गरेको छ ।

नेपाल र भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि टर्कीले नयाँ नियम जारी गरेको हो ।

नयाँ नियममा नेपाल र भारतबाट टर्की आउने यात्रुले ७२ घण्टा अघिको आरटी–पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ ।

नयाँ नियममा विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोना खोप १४ दिनअघि लगाएका यात्रुहरुले क्वारेन्टीनमा बस्नु नपर्ने उल्लेख छ ।

जो यात्रुले कोरोना खोप लगाएको प्रमाणपत्र देखाउन सक्दैन यस्ता यात्रु अनिवार्य रुपमा ५ दिनसम्म क्वारेन्टीनमा बस्नुपर्नेछ । पाँचौं दिनमा आरटी–पीसीआर परिक्षणको नतिजा नेगेटिभ आएमात्र क्वारेन्टीन समाप्त हुनेछ ।

१२ वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा भने आरटी–पिसीआर टेस्ट तथा खोप लगाएको प्रमाणपत्र बुझाउनु पर्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP