
टर्कीले नेपाल र भारतबाट आउने यात्रुहरूको लागि नयाँ नियम जारी गरेको छ ।
नेपाल र भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि टर्कीले नयाँ नियम जारी गरेको हो ।
नयाँ नियममा नेपाल र भारतबाट टर्की आउने यात्रुले ७२ घण्टा अघिको आरटी–पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ ।
नयाँ नियममा विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोना खोप १४ दिनअघि लगाएका यात्रुहरुले क्वारेन्टीनमा बस्नु नपर्ने उल्लेख छ ।
जो यात्रुले कोरोना खोप लगाएको प्रमाणपत्र देखाउन सक्दैन यस्ता यात्रु अनिवार्य रुपमा ५ दिनसम्म क्वारेन्टीनमा बस्नुपर्नेछ । पाँचौं दिनमा आरटी–पीसीआर परिक्षणको नतिजा नेगेटिभ आएमात्र क्वारेन्टीन समाप्त हुनेछ ।
१२ वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा भने आरटी–पिसीआर टेस्ट तथा खोप लगाएको प्रमाणपत्र बुझाउनु पर्ने छैन ।