आइतबार , बैसाख २१, २०८२

गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा अर्घाखाँचीमा नाराबाजी भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको प्रदर्शनमा गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी भएको हो ।

सन्धिखर्कको मुख्य चोकहरूमा प्रदर्शन गर्दै राप्रपा कार्यकर्ताहरूले गण्तन्त्र, संघीयता र धर्मनिरपेक्षता देशको लागि आवश्यक नभएकोले देशमा राजतन्त्रको विकल्प नभएको जोड दिएका छन् ।

बजार परिक्रमापछि शान्ति बगैँचामा भएको कोणसभामा राप्रपा अर्घाखाँचीका अध्यक्ष दिपक कुँवरले गणतन्त्रवादीहरूले राजाको इतिहास मेट्न खोज्नु दुर्भाग्य भएको बताए । आस्था र विचारका आधारमा इतिहास मेट्ने प्रयास गरिनु दुःखद् रहेको अध्यक्ष थापाले बताए । कार्यक्रममा राजाको पक्षमा नाराबाजी गर्दै राप्रपा कार्यकर्ताहरूले नाचगानसमेत गरेका थिए । न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP