मंगलबार , भाद्र १६, २०८३

म्याग्दीका विभिन्न ठाउँमा हिजो बेलुका असिना पानी परेको छ ।

बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिकाको झाँक्रेपानी, धापुङलगायतका ठाउँमा हिजो बेलुका असिना परेको हो ।

असिनाले हिउँदेबाली नष्ट गरेपछि किसान चिन्तित भएका छन् । असिनाले हिउँदेबाली गहुँ र जौ तथा सुन्तलाका फलमा समेत क्षति गरेको मरेकका इन्द्रबहादुर थापाले बताउनुभयो ।

हिउँ पर्ने बेला असिना पर्नु अनौठो भएको किसानले बताएका छन् ।

क्षतिको विवरण सङ्कलन गरी राहतको व्यवस्था गर्न किसानले पालिका र कृषि ज्ञानकेन्द्रसँग माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP