मंगलबार , बैसाख २९, २०८३

नेपालमा एक सातादेखि दैनिक २ प्रतिशतले कोरोना संक्रमणदरमा वृद्धि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिले तत्कालै लकडाउन नगर्ने तर संक्रमणको गति संकटतिर गएमा स्मार्ट लकडाउनको कार्यविधिअनुसार कोरोना संक्रमण नियन्त्रणको व्यवस्थापन गर्ने तयारी भएको जनाएको छ।

समितिकी प्रवक्ता संगीता नेपालले व्यवस्थापन समितिको आइतबारको निर्णय सुनाउँदै भनिन्, ‘अहिले लकडाउन गर्ने तयारी छैन तर संक्रमण बढेमा ठाउँ हेरी स्मार्ट लकडाउन गर्न सकिन्छ।’

प्रवक्ता नेपालका अनुसार कुनै निश्चित जिल्लामा मात्र कोरोना संक्रमित धेरै भएमा, संक्रमणको कारण मृत्युदर र अस्पताल भर्नादर बढेमा त्यही जिल्लामा मात्र लकडाउन गरिने प्रक्रिया हो स्मार्ट लकडाउन। यो लकडाउनको कार्यविधिअनुसार संक्रमण संख्या, मृत्यु संख्या र अस्पताल भर्ना संख्यालाई सूचक मानिन्छ। यस्तो लकडाउनका लागि स्थिति हेरी गृह मन्त्रालयले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुपर्छ।

अहिलेको अवस्थामा भने स्मार्ट सरकारले कोभिड १९ उपचार तथा व्यवस्थापनको नीति अवलम्बन गरेको प्रवक्ता नेपालले बताइन्। आइतबार बसेको समितिको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढीको जमघट हुने गरी सभा, समारोह, पर्व र धार्मिक क्रियाकलाप गर्न नपाइने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासनमा निर्देशन दिइएको छ। गृहको निर्देशनपछि यो निर्णय माघ ७ देखि कार्यान्वयनमा आउने आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP