शुक्रबार , जेठ १०, २०८२

आज पृथ्वी जयन्ती । ३०० औं पृथ्वी जयन्ती देशभर स्वतस्फुर्त मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते जन्मिएका नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर आज पृथ्वी जयन्ती मनाइँदैछ ।

बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका शााहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेका थिए । उनलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पुस २७ गते अर्थात आजकै दिन गोर्खामा जन्मेका शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ ।

यसवर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाईदै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ । नागरिकस्तरबाट एकता दिवस मनाउन दबाब बढ्दै गए पनि लोकतन्त्रमा विश्वाश गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन ।

लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि आज विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाइँदैछ ।

नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनलाई विगतमा राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइने गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP