मंगलबार , बैसाख २९, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको पूर्वसन्ध्यामा दिएको लिखित सन्देशमा देशको अस्तित्व समेत संकटमा परेको उल्लेख गरेका छन् । उनले देश परायाहरुको मैदान बनिसकेको समेत बताएका छन् ।

‘देश परायाहरुको खेल मैदान बनिसकेको खतराकोअनुभूति हरेक नेपालीले गरिराखेका छन्,’ पूर्वराजा शाहले विज्ञप्तिमा भनेका छन् ।

उनले राजनीतिक प्रणालीलाई केवल साधन भन्दै यसैलाई महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएकोमा आलोचना गरेका छन् । घुमाउरो तरिकाले गणतन्त्रले जनताले सास्ति र राष्ट्रले अस्तित्व प्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बनेको तर्क गरेका छन् ।

पूर्वराजाले परराष्ट्र मामिलामा नीति र व्यवहारको सम्वेदनशीलतालाई उपेक्षा गरिएकाले असन्तुलनको परिणाम भोगिरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP