मंगलबार , अषोज २७, २०८३

आज १० जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

राष्ट्रसंघको महासभाको पहिलो बैठक

सन् १९४६ को १० जनवरीमा संयुक्त राष्ट्रसंघको महासभाको पहिलो बैठक बसेको थियो । बैठकमा ५१ देशका प्रतिनिधिहरुको उपस्थिति थियो ।

चर्चित हास्य पुस्तक प्रकाशन

सन् १९२९ मा हास्य पुस्तक एडभेन्चर अफ टिनटिन प्रकाशित भएको थियो । सो पुस्तक युरोप र संसारका अन्य भागमा निकै चर्चित बनेको थियो ।

प्रथम विश्व युद्धको औपचारिक अन्त्य

सन् १९२० को १० जनवरीमा ट्रिटी अफ भर्साईल्समा हस्ताक्षर भएको थियो । पहिलो विश्व युद्ध अन्त्यका लागि सन् १९१८ को ११ नोभेम्बरमा युद्धविराम भएको थियो । तर भर्साईल्स सन्धिपछि मात्र सो युद्ध औपचारिक रुपमा अन्त्य भएको थियो ।

लिग अफ नेसन स्थापना

सन् १९२० को १० जनवरीमा लिग अफ नेसन स्थापना भएको थियो । पहिलो विश्वयुद्धमा जितेका गठबन्धन राष्ट्रहरुको पहलमा अन्तर्राष्ट्रिय सहकार्यका लागि लिगको स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP