मंगलबार , भाद्र १६, २०८३

छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्।

पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो।

पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच र सतर्कता देखिएको छैन। यसबाट, कुनै पनि बेला मुलुकमा भयावह अवस्था नआउला भन्न सकिन्न।

दैनिक रूपमा हजारौंले नेपाल–भारत सीमा ओहोरदोहोर गर्छन्। तर, सबैको परीक्षण हुन सकेको छैन। चोर बाटोबाट ओहोरदोहोर गर्नेको संख्या पनि उत्तिकै छ। त्यसैले सीमामा हुने यिनै लापरबाहीले संक्रमितको संख्या ह्वात्तै बढेको छ। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP