मंगलबार , बैसाख २९, २०८३

मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो ।

पछिल्ला केही समययता विभिन्न राजनीतिक दलका सभा, सम्मेलन, बैठक तथा महाधिवेशन केन्द्रित गतिविधि निरन्तर थिए । जसका कारण कोरोना भाइरसको संक्रमण दर पनि बढ्दै गएको हो ।

माओवादी केन्द्रले १० देखि १८ पुससम्म गरी राजधानीको प्रज्ञा भवनमा आठौं राष्ट्रिय महाधिवेशन गरेको थियो । यसैगरी, एमालेले गत मंसिरमा चितवनको सौराहामा केन्द्रीय महाधिवेशन सकेर हाल देशभर जिल्ला अधिवेशन गरिरहेको छ ।

यसैगरी, नेपाली कांग्रेसको मंसिरमा नै केन्द्रीय महाधिवेशन सकिए पनि प्रदेश २ सहितका १६ जिल्लामा अधिवेशनको तयारी भइरहेको छ ।

माओवादी केन्द्रका देशभरबाट जम्मा भएका करीब १ हजार ७ सय नेता कार्यकर्ता आठ दिनसम्म एउटै हलमा भेला भएर छलफल गरेका थिए । त्यसक्रममा नै कतिपय नेता कार्यकर्तालाई ज्वरो आउने, रुघा लाग्नेजस्ता समस्या देखिएको थियो ।

माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै केन्द्रीय तहका आधा दर्जन बढी नेताहरूमा संक्रमण पुष्टि भएको छ भने अन्य दलका नेताहरूसमेत आइसोलेसनमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका चार जना नेता आइसोलेसनमा छन् ।

नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका हुन् ।

उनीहरू सबै जना गत बिहीबार र शुक्रबार बसेको सत्तारूढ दल आबद्ध उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकमासँगै थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौंमा भिडभाड हुने क्षेत्रमा केही कडाइ गरिने तयारी भएको जानकारी दिए ।

‘भिडभाड हुने क्षेत्रमा केही कडाइ गर्नुपर्ने विषयमा छलफल भइरहेको छ, संक्रमण बढेसँगै अब धेरै नै सचेत रहनुपर्ने अवस्था आइसकेको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

उनले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सीसीएमसीको निर्देशनपछि संक्रमण रोकथाम गर्न भिडभाड नियन्त्रण गर्ने थप निर्णय लिने जानकारी दिएका हुन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भिडभाडबाटै संक्रमणदर बढेको बताउँदै भिडभाड नियन्त्रणतर्फ प्रसासनको पहिलो प्राथमिकता रहने जानकारी दिइन् ।

उनका अनुसार विद्यालय, सिनेमा हल, सार्वजनिक यातायातलगायत क्षेत्रमा हुने भिडभाड कम गर्ने तर्फ प्रसासनको ध्यान केन्द्रित हुनेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP