मंगलबार , बैसाख २९, २०८३

नेपाल चीन जोड्ने दुईओटा नाका तातोपानी तथा रसुवागढी नाका पुनः सञ्चालनमा आएका छन् । हिमपातका कारण दुवै नाकाबाट सामान नेपाल आउन सकेको थिएन ।बाक्लो हिउँले सडक ढाकेपछि ठप्प भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट शुक्रवार मात्रै १० ओटा कन्टेनर नेपाल आएको भन्सार अधिकारीको भनाइ छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुुसार ४ फीट अग्लो हिउँले सडक भरिएकाले १२० सीबीएमसम्म भारी बोकेका झन्डै सयओटा कन्टेनर भने न्यालम र खासा भ्यान पार्किङमै रोकिएका छन् । हिमपात कम भएसँगै ती नेपालतर्फ लोड गरेर ल्याइनेछ ।

यसअघि चीनका खासा र न्यालम क्षेत्रमा बाक्लो हिउँ पर्दा तातोपानी नाका बन्द थियो । शुक्रवारबाट भने कन्टेनर आवतजावत गर्न थालेका हुन् ।

त्यस्तै, हिमपातसँगै सुक्खा पहिराका कारण अवरुद्ध रसुवागढी नाका पनि सञ्चालनमा आएको छ । स्याफ्रुबेंशी–रसुवागढी खण्डको राजमार्गमा रहेको अवरोध हटाइएसँगै शुक्रवारदेखि नै पूर्णरूपमा सञ्चालन भएको छ ।

राजमार्ग खुला भएसँगै यात्रुवाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारीसाधन निर्वाधरूपले आवतजावत गर्न थालेको स्थानीय प्रशासनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP