बिहिबार , जेठ ९, २०८२

भारतीय डकुमेन्ट्रीको छायाँकनका लागि करीब डेढ वर्षपछि पुनः परिक्षणको नाममा जनकपुरमा थन्किएको रेल त्रिपालभित्र बाहिर ल्याइएको छ । धनुषाको इनरवामा डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेल बाहिर ल्याइएको हो । तर सो परिक्षण प्राविधिक चेकजाँच भन्दा पनि भारतको उत्तर प्रदेशमा हुन लागेको विधान सभा निर्वाचनको तयारी स्वरुप नेपालमा गरिएको सहयोग सम्बन्धी डकुमेन्ट्री छायाँकनका लागि पाल बाहिर ल्याइएको हो ।

उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच सांस्कृतिक सम्बन्ध रहेको छ । उत्तर प्रदेशका मतदाताहरुलाई प्रभावित पार्नका लागि भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले नेपालमा गरेको सहयोगबारे आफ्ना उपलब्धी गनाउने उद्देश्यले डक्युमेन्ट्री बनाउन लागिएको श्रोतले जनाएको छ ।

इनरवादेखि खजुरी स्टेशन हुँदै जनकपुरधामसहित कुर्थासम्म प्रत्येक हल्टमा रोकेर परिक्षणका आएका पदाधिकारी भनिएकाहरुले रेलको ट्रयाकदेखि स्टेशनसम्मको दृश्य छायांकन गरेको थियो । रेलवे स्टेशन र ट्रयाक बाहेक भारतबाट ती पदाधिकारीहरुले जनकपुरधाम बजारमा समेत केही घण्टा रेल रोकेर दृश्यहरु छायांकन गरेका छन् ।

सो डकुमेन्ट्री छायांकनबारे भारतीय पदाधिकारीसँग जिज्ञासा राख्दा समाचार प्रयोजन र प्रतिवेदन तयार पार्न छायांकन गरिएको बताए । निरिक्षणमा के देखियो भन्ने प्रश्नमा उनले प्राविधिक र भौतिक अवस्था सबै ठिक रहेको दाबी गरे ।

नेपाल रेलवेका महाप्रबन्धक झाले भारतीय डकुमेन्ट्रीका लागि रेलको पुनः परिक्षण गरिएको भन्ने विषयमा हल्ला बढी भएको टिप्पणी गरे । ‘यो नेपाली रेल हो । हामीले रेल संचालनको अन्तिम तयारीको उद्देश्यले मात्रै नेपाली रेल अवस्था बुझ्न परिक्षणका लागि गुडाएका हौँ’, उनले भने ।

इनरवाबाटै प्रत्येकपल्ट स्टेशनमा ट्रयाकदेखि भौतिक पुर्वाधारको भारतीय पक्षले छायांकन गर्नुको के उद्देश्य हो ? भन्ने प्रश्नमा उनले भने, ‘प्रतिवेदन तयार गर्न भारतीय अधिकारीहरुले छायांकन गरेको हुन सक्छन ।’

भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट नेपाल सरकारले रेल खरीद गरेको रेल कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले बताए । नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको दिन पहिलो पटक गतवर्ष असोज २ गते रेल गुडाइएको थियो ।

त्यसपछि धनुषाको इनर्वामा पाल भित्र राखेर थन्काइयो । त्यसयता करीब दुई महिना अघि इन्जन मात्रै इनर्वाबाट कुर्थासम्म परिक्षणका लागि ल्याइएको थियो ।

रेलको अवस्था

लामो समयदेखि रेल संचालन हुन नसक्दा कैयौं पटक रेलवे ट्रयाकको क्लिप समेत चोरी भइसकेको छ । ट्रयाकको मर्मत सम्भार गरेपनि रेल संचालनमा नआउंदा भौतिक पुर्वाधारसमेत केही ठाउँमा स्थानीयद्वारा क्षति गर्न थालिएको छ ।

त्रिपालभित्र छोपिएको कारण रेलको बगीहरुको केही ठाउँमा रंग समेत खुइलिएको छ । भित्र सिटका कपडाहरुसमेत मैला देखिएका छन् । नेपाल सरकारद्वारा कानून निर्माण र कर्मचारी व्यवस्थापन गर्न नसक्दा रेल कहिलेदेखि चल्ने भन्ने निश्चित देखिएको छैन ।

इनर्वाबाट रेल गुडाएर आएका भारतीय चालक बीएन रायले भने, ‘रेलको इन्जन र ट्रयाक दुवै गुड्न सक्ने अवस्थामा छन् । केही समस्या देखिएको छैन । तर ट्रयाक लगायतका पुर्वाधार सुरक्षाका लागि स्थानीयले ध्यान दिन आवश्यक छ । क्लिप चोरी लगायतका घटना जारी रहे भने रेल गुडाउन सक्ने अवस्था रहदैन ।’

नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भई सकेको दाबी गरेका छन् । उनले भने, ‘आउंदो फेब्रुअरी १० तारिख भित्रै रेल गुडाउने हाम्रो तयारी छ । तर दुई देशको प्रधानमन्त्रीद्वारा उद्घाटन गर्ने कुरा मिति निर्धारण छ्रैन । त्यो हामीलाई थाहा हुने कुरा पनि भएन ।’

यद्यपि रेल गुडाउने मिति सम्बन्धमा राजनीतिक स्तरबाटै निक्र्यौल हुने उनको भनाई थियो । उनले दुई देशका मन्त्रीबीच सहमति भएपश्चात रेल गुडाउने सम्बन्धमा निश्चित मितिको विषयमा निर्णय हुने बताए । ‘दुई देशको प्रधानमन्त्रीले नै रेलको उदघाटन गर्ने भएकोले समय लाग्छ । सहमति मन्त्रीस्तरमै होला ।’

रेल गुड्न सक्ने अवस्थामा छ त ? भन्ने जिज्ञासामा महाप्रबन्धक झाले भने ‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्रयाकको अवस्था आदि परिक्षणका लागि आज रेल गुडाइएको हो । सबै कुरा ठिकठाक देखिएको छ । तर कर्मचारी व्यवस्थापन कानून निर्माण नभएसम्म केही भन्न सकिदैन ।’

रेल गुडाउन २६ जना भारतीय कर्मचारी

नेपालले खरिद गरेको आधुनिक रेल गुडाउनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले ६० जना जनशक्ति राखिएको छ । हुन त यसअघि कम्पनीसँग १ सय ५१ जना जनशक्ति थियो । महाप्रबन्धक झाले भने ‘हामीले न्यूनतम आवश्यक जनशक्ति ६० जनालाई राखेर रेल सञ्चालन गर्ने तयारीमा जुटेका छौँ । आफू महाप्रबन्धमा आएपछि आर्थिक भार कम गर्न १ सय ५१ जनाबाट ६० जनालाई मात्र राखेर बांकीलाई हटाउने निर्णय गरेका छौँ ।’

उनले नेपाली रेल गुडाउन तत्कालका लागि २६ जना भारतीय जनशक्ति रह्ने जानकारी दिदैं परिक्षणका लागि सोही मध्ये १४ जना नेपाल आएको हो । उनका अनुसार भारतीय कर्मचारीहरुले नै नेपाली रेलको अवस्था जाँच गरेर इनर्वाबाट कुर्थासम्म गुडाएर ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP