आइतबार , बैसाख २१, २०८२

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औँ जन्म जयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौँको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्त्वहरू लागेको आरोप समेत लगाएको छ ।

मोर्चाका संयोजक तारानाथ लुइँटेलले २२से/२४से राज्यहरूलाई एकीकरण गरेर आजको नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरूलाई नछाड्ने चेतावनी दिए । भर्खरै नेकपा (माओवादी केन्द्र)को महाधिवेशनले वैदिक सनातन धर्म विरुद्ध आपत्ति जनक निर्णय गरेको जुन बहुसङ्ख्यक हिन्दु धर्मावलम्बिहरुलाई सह्य नहुने उनले बताए ।

मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधीन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तीलाई भव्यताका साथ मनाउनु पर्ने माग राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP