मंगलबार , बैसाख २९, २०८३

जर्ज फ्लोयडकी भाञ्जीकी छोरीमाथि सुतिरहेका बेला गोली प्रहार भएको छ । टेक्सास अपार्टमेन्टमा शनिबार सबेरै उनीमाथि नियोजित आक्रमण भएको हो ।

एरियाना डेलानेको अवस्था हाल खतरामुक्त छ तर हाउस्टनमा उनको शल्यक्रिया भएको छ र गोली लागेका कारण उनको कलेजो र फोक्सोमा चोट लागेको छ भने उनका तीनवटा करङछन् ।

हालसम्म प्रहरीले घटना गराउनुको उद्देश्यबारे जानकारी दिएको छैन न नै घटनामा कसको संलग्नता थियो भन्ने बारे कुनै खबर छ । तर परिवारका अन्य सदस्यले भने उक्त घटनामा संलग्न व्यक्ति को हो भन्ने थाहा भएको र उक्त घटना नियोजित नै भएको दाबी गरिरहेका छन् ।

शनिबार बिहानै ३ बजे जर्ज फ्लोयडको परिवार बसेको दोस्रो तलमा अन्धाधुन्ध गोली चलाइएको थियो ।

​घटनाका बेला उक्त फ्ल्याटमा ६ जनाको उपस्थिति थियो जसमध्ये चारजना वयस्क थिए भने दुईजना बालबालिका थिए । यी सबैजना सुतिरहेका थिए । एरियाना अघिल्लो बेडरुममा सुतिरहेकी थिइन् ।

‘मेरी छोरी उफ्रिइन् र भनिन्, ‘ड्याडी मलाई हानियो,’ उनका पिता डेरिक डेलानेले एबीसी१३ लाई भने ।

‘रगत देखेपछि म आत्तिएँ । त्यतिबेला थाहा पाएँ कि मेरी चार वर्षे छोरीलाई साँच्चिकै हानिएको रहेछ,’ डेलानेले सम्झिए । ‘उनलाई के भइरहेको थियो, केही थाहा भएन । उनी मस्त निद्रामा थिइन् ।’

डेलाने आफ्नी छोरीको डान्सर वा चियरलिडर बन्ने सपना पूरा हुने कुरामा अझै आशावादी छन् ।

‘मेरो घरमा किन आक्रमण गर्नुपर्यो ?’ डेलानेले प्रश्न सोधे । ‘मेरी छोरीलाई थाहा छैन । यो कुरा म उनलाई बताउन सक्दिनँ । एक पिताको रुपमा तपाईंले आफ्ना बालबच्चाको रक्षा गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP