सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले दम्भ देखाएको आरोप लगाएका छन् । उनले आज शेखर कोइराला पक्षको भेलामा बोल्दै दम्भ राखेर पार्टी नचल्ने बताए ।

‘महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्ने दम्भ हो,’ थापाले भने । उनले सभापतिले सबैलाई समेटेर जानुपर्ने बताए ।

महाधिवेशनपछि देउवा सबैको सभापति भएकोले सबैलाई मिलाएर जानसक्नुपर्नेमा फरक बाटोमा हिंड्न खोजेको आरोप लगाए ।

थापाले केन्द्रीय सदस्य मनोनयन गर्दाको मापदण्ड देखि राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन प्रक्रियाको विरोध गरे । उनले संसदीय बोर्ड गठन गरेर त्यसमार्फत् उम्मेदवार चयन गर्नुपर्ने बताए ।

थापाले राष्ट्रियसभाको निर्वाचनपछि चुनावी गठबन्धन समाप्त हुने बताए । त्यसपछि काँग्रेस तीन तहको निर्वाचनमा जाँदा एक्लै जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP