मंगलबार , बैसाख २९, २०८३

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । गत जेठमा आह्वान भएको उक्त सुरुङमार्ग निर्माणको टेन्डरमा सहभागिता जनाएका नौ कम्पनीमध्ये चारओटा कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएसँगै सडक विभागले आर्थिक प्रस्ताव खोल्ने मिति तोकेको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि विभिन्न नौओटा कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको छ ।र त्यसमा चारओटा कम्पनी छनोट गर्दै विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अर्को बुधवार अर्थात् पुस २८ गते दिउँसो १ बजेट आर्थिक प्रस्ताव खुला गरिने जानकारी दिएको छ । मंगलवार सूचना जारी गर्दै केन्द्रले सुरुङमार्ग निर्माणका लागि प्राविधिक प्रस्ताव स्वीकृत हुने चारओटा कम्पनीको नाम सार्वजनिक गरेको छ ।

सूचनाअनुसार ती चारओटै कम्पनी एकै देश अर्थात् चिनियाँ कम्पनी रहेका छन् । आर्थिक प्रस्ताव खुला गरेपछि कम बिड हाल्ने कम्पनीलाई सुरुङमार्ग निर्माणका लागि जिम्मा दिइने छ । यसअघि प्रस्ताव स्वीकृत नहुने कम्पनीहरूले दाबी विरोध गर्न पाउने नियम छ ।

केन्द्रका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीहरूमा चाइन फस्र्ट हाइवे इन्जिनीयरिङ कर्पोरेशन, सीओभीईसी–सीआरईजीसी जेभी, चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन र सीसीईसीसी–सीआरसीसी १४–सियुयान जेभी छन् । यी कम्पनीमध्ये आर्थिक प्रस्ताव स्वीकृत भएपछि एउटा कम्पनीले निर्माणको जिम्मा पाउनेछ । चारओटै चिनियाँ कम्पनी भएकाले सिद्धबाबा सुरुङमार्ग चिनियाँ कम्पनीले बनाउने निश्चित देखिन्छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP