मंगलबार , बैसाख २९, २०८३

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा सोमबार घर आइपुगेका छन् । हिउँ कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन्।

५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ गत बुधबारदेखि हिउँमा फसेको थिए । चौंरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडार बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर गएको भए पनि उनीहरु बसेको स्थान पहिचान गर्न नसकेपछि रित्तै फर्किएको थियो ।हिउँ पर्न छाडेको र परेको हिउँ पनि पग्लदै गएपछि उनीहरु सोमबार दिउँसो गाउँ पुग्न सफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था समन्य रहेको पाण्डेले जानकारी दिए ।

समुद्रीसतहबाट चार हजार मिटर उचाईमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP