मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत चयन गरेपनि १४ पदाधिकारीको टुंगो लागेन । सहमति बन्न नसकेपछि पदाधिकारीमा नाम घोषणा भएन । प्रवक्ता कृष्णबहादुर महराले २५ पौषमा बैठक बसी बाँकी पदाधिकारीको टुंगो लगाउने बताए ।

माओवादीमा महासचिवका आकांक्षी धेरै भएपछि पदाधिकारीमा कुरा नमिलेको हो । अध्यक्ष प्रचण्डले सहमतिको प्रयासका लागि समय सारेको बुझिएको छ ।

१८ पौषमा माओवादी अध्यक्ष प्रचण्डले २९९ मध्ये २३६ केन्द्रीय सदस्य घोषणा गरेर बन्दसत्रबाट पारित गराएका थिए । माओवादी विधान अनुसार केन्द्रीय कमिटीले अध्यक्ष चयन गरेको हो । बाँकी पदाधिकारी चयन गर्ने अधिकार पनि केन्द्रीय कमिटीलाई नै छ ।

माओवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाम चयन हुने निश्चित जस्तै छ । उपाध्यक्षहरुमा वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादव, लिलामणि पाखरेल, ओनसरी घर्ती, देव गुरुङमध्येबाट चयन गर्ने तयारी भएपनि महासचिवमा यीमध्येबाट दाबी देखिएको छ ।

महासचिवमा वर्षमान पुन जर्नादन शर्मा र पम्फा भुसाल अकांक्षी देखिएपनि प्रचण्डले आफ्ना विश्वासपात्रलाई बनाउन खोजिरहेका छन् ।

महासचिवभन्दा तलको पदाधिकारीमा हरिबोल गजुरेल, दिनानाथ शर्मा, अमृता थापाको सम्भावना बलियो छ । सचिवमा अञ्जना विशंखे, हिमाल शर्मा, हितबहादुर तामाङ, अजम्बर राईलगायत आकांक्षी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP