मंगलबार , बैसाख २९, २०८३

पछिल्लो समय लोकप्रिय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो ।आयोजक संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार आठाँै चरणको महोत्सव यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म गर्ने तयारी भइरहेको छ । नेपालमा स्की पर्यटनको विकास गर्ने मुख्य लक्ष्यका साथ महोत्सव गर्न लागिएको जनाउँदै उनले महोत्सवलाई ग्रेट हिमालयन स्की भ्रमण नाम दिइएको बताए ।

महोत्सव सम्पन्न गर्न रु १६ लाख खर्च लाग्ने अनुमान गरिएएको छ । उक्त खर्चअन्तर्गत सबैभन्दा बढी बिमामा छु्याइएको छ । महोत्सवमा भाग लिनेको बिमाका लागिमात्र रु दुई लाख २० हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।

आयोजक संस्थाका अध्यक्ष रामबहादुर थापाका अनुसार मर्दीमा गर्न लागेको स्की महोत्सव यसअघि मनास्लु, कालिञ्चोकलगायत स्थानमा सम्पन्न गरिएको थियो । अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापामगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिए ।

यो महोत्सवले मर्दी हिमाल पदयात्राका लागि प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ । महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (सङ्घ), गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ, टान, गण्डकी अल्पाइन क्लबलगायत विभिन्न संस्थाको सहकार्य रहनेछ ।

महोत्सवअन्तर्गत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तक्र्रिया तथा स्कीसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने भएको छ । संस्थाले ६ पटकसम्म लाङ्टाङ क्षेत्रमा स्कीसम्बन्धी तालिम गराइसकेको छ ।

यसैगरी धौलागिरि हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको व्यालेन्स हिमाल, गोसाइँकुण्ड, मिरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङलगायत स्थानमा स्की पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ ।

महोत्सवमा सबै क्षेत्रका मानिसले भाग लिन पाउने जनाइएको छ तर आयोजकले भने, पथप्रदर्शक, हिमाल आरोहण गाइड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाको सहभागितामा जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३०० बढी व्यक्ति लाभान्वित हुने विश्वास गरिएको छ ।

नेपालको आन्तरिक पर्यटनको प्रवद्र्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्कीसम्बन्धी सीप हस्तान्तरण हुने, नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले विश्वास व्यक्त गरे ।

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले मर्दी हिमालमा हुने स्की महोत्सवले कोरोनाकालमा थलिएको पर्यटनलाई चलायमान बनाउने विश्वास व्यक्त गर्दै महोत्सवमा सहकार्य गर्न पाउनु नेपालको पर्वतारोहण पर्यटनमा नयाँ आयाम थपिने विश्वास लिइएको बताए ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP