शनिबार , भाद्र १३, २०८३

गिनीज बुक अफ वल्र्ड एक यस्तो किताब हो जसमा विश्वभरीका यस्ता मानिसको नाम दर्ता हुन्छ, जुन सबैभन्दा पृथक हुन्छन् । कसैले आफ्नो क्षमताले त कसैको आफ्नो शारीरिक विशेषताले यो पुस्तकमा आफ्नो नाम लेखाउन सफल भएका छन् । यो किताबमा उनै मानिसको नाम समावेश हुन्छ जुन सामान्य मानिस भन्दा फरक हुन्छन् । यस्तै महिलामध्येकी एक थिइन् एलिफ कोकामन । जसले सानो शरीरका कारण विश्वमा आफ्नो पहिचान बनाएकी थिइन् ।

यद्यपि यी महिला हाल भने हामीमाझ छैनन् । एलिफाको ३३ वर्षको उमेरमा निधन भएको छ । विश्वकै होची महिलाको रुपमा एलिफाको नाम एक वर्षसम्म गिनिज बुक अफ वर्ल्स रेकर्डमा दर्ता भयो ।

एलिफाको निधन गत बिहिबार निमोनियाका कारण भएको विभिन्न समाचारमा उल्लेख छ । टर्कीको दक्षिणपूर्वी ओस्मानिए प्रान्तस्थित अस्पतालमा दुई दिनसम्म निमोनिया सँग जुधेपछि उनको निधन भएको हो ।एलिफा उस्मानिया टर्कीको कादिरली शहरमा बस्थिन् । उनी ७२.२ सेन्टिमिटर अर्थात् दुई फुट पाँच इन्चकी थिइन् । उनको उचाइकै कारण उनको नाम विश्व रेकर्डमा दर्ता हुन सकेको हो । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएपछि उनले भनेकी थिइन्, ‘संसारले एकदिन मलाई पक्कै पनि चिन्नेछ भन्ने कुरामा म सधैँ आशावादी थिएँ ।’

संसारकै होची एलिफाले एकपटक संसारकै अग्ला व्यक्तिसँग भेट्न इच्छा व्यक्त गरेकी थिइन् । उनको यो सपना पनि निकै छिटो पूरा भयो । गिनिज बुक अफ वर्ल्ड रेकर्डको एउटा कार्यक्रममा एलिफाले संसारका सबैभन्दा अग्ला व्यक्ति सुल्ताना कोसेनलाई भेट्ने मौका पाइन् । उनको उचाइ २४६.५ सेमी छ । एलिफाले आफ्नो उचाइका कारण कहिल्यै पनि लज्जित महसुस नगरेको बताउँथिन् । उनलाई आफूमा गर्व थियो । एकपटक उनले भनेकी थिइन्, ‘मलाई भगवानले बनाएका हुन् । म जस्तो छु यसमा मलाई गर्व छ ।’

एलिफाकी आमा हटनले उनीबारे जानकारी दिँदै भनेकी थिइन्, ‘एलिफा एक वर्षको हुञ्जेलसम्म सबैकुरा सामान्य थियो । त्यसपछि समस्या बढ्न थाल्यो किनभने एलिफा अन्य बच्चासरह बढिरहेकी थिइनन् । ’

चार वर्षको उमेरसम्म उनको उचाइ बढ्न लगभग रोकिइसकेको थियो । थुप्रै डाक्टरमार्फत् उपचार गराए पनि उनको स्थितिमा सुधार भएन । एलिफापछि सन् २०११ मा यो उपाधि अमेरिकाका ब्रिजेट जोर्डनले आफ्नो नाममा पारे । जोर्डको उचाई ६९ सेन्टिमिटर थियो । उनको सन् २०१९ जस्नमा नै मृत्यु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP