मंगलबार , बैसाख २९, २०८३

साँढे तीन वर्ष भयो निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । प्रहरीले दर्जनौं संदीग्ध ठानेर अनुसन्धान गर्यो । तर, अझै पत्ता लाग्न सकेको छैन ।
निर्मला पन्तको उखुबारीमा निर्ममतापूर्वक हत्याको घटनाले राजधानीमा समेत विरोध प्रदर्शनहरु भए । निर्मलाका हत्यारा पत्ता लाग्नुपर्ने आवाज उठे । प्रहरीले निकै प्रयास गर्यो । तर, अझै सफल हुन सकेको छैन ।

निर्मला हत्याकाण्डमा प्रमाण मेटाएको भन्दै प्रहरी अधिकृतहरु समेत कारबाहीमा परे । उनीहरुमाथिको कारबाही फुकुवा भयो । काममा फर्किए । अहिले फेरि निर्मला हत्या प्रकरणमा एकजना शंकास्पद पक्राऊ परेका छन् ।

संदीग्ध भारतीय नागरिक निकाल अली हुन् । उनलाई भारतबाट पक्राऊ गरी ल्याइएको छ । १५ दिनयता उनीमाथि अनुसन्धान चलिरहेको छ । प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको छ । प्रहरीले डिएनए परीक्षणपछि मात्र सबै खुलाउने बताएको छ ।

डिएनए परीक्षण नमिलेसम्म अलीमाथिको आरोप पुष्टि हुन कठिन छ । अदालतले प्रमाण खोज्छ । अर्कोतर्फ, यो विषय पुरानो भइसकेको छ । बयानका आधारमा मात्र प्रमाण बलियो हुँदैन ।

१५ दिनसम्म संदीग्धलाई हिरासतमा राखेर अनुसन्धान गर्नुले प्रहरीले केही तथ्य पत्ता लगाएको बुझिएको छ । यसकारण भारतमा रहेका अलीलाई नेपाल झिकाइयो ।
अली निर्मलाको हत्या भएकै ठाउँ नजिक तरकारी खेती गरेर बस्थे । उनले जग्गा भाडामा लिएका थिए । यसकारण उनीमाथि शंकाको सुई घुम्यो ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको थियो । उनी साथीको घरमा पुगेर फर्कदै गर्दा बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट विभत्स अवस्थामा उखुबारीमा फेला परेको थियो । देशभित्र र बाहिर समेत यो घटनाले चासो पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP