शनिबार , जेठ २५, २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनमा पारित राजनीतिक प्रस्तावमा भारतको कतै आलोचना गरेनन् । उनले ‘हिन्दुवादी’ बारे शब्द समेत उच्चारण गरेनन् ।जनयुद्धकालमा भारतविरुद्ध सुरुङयुद्धको चेतावनी दिनेदेखि मूलधारको राजनीतिमा आएपछि पनि भारतको चर्को आलोचना गर्ने प्रचण्ड राजनीतिक प्रतिवेदनमा निकै संयम देखिएका छन् । उनले भारतको विषय अमेरिकासँग जोडेर मात्र उल्लेख गरेका छन् ।

प्रतिवेदनमा हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बनाउने र सुदृढ गर्ने योजना बनाएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ ।’

प्रतिवेदनमा अमेरिकाले आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत गरेको भनेका छन् । यसबाहेक उनले भारतप्रति कहीं कतै केही उल्लेख गरेका छैनन् ।

धर्मनीरपेक्षको बचाऊ गर्दै उल्लेख गरेपनि हिन्दुवादीप्रति कतैपनि आलोचना गरेको देखिदैन । उनले यो शब्द नराखेको बारे माओवादीभित्र प्रश्न समेत उठाइयो । प्रचण्डले हिन्दुवादीप्रति कतै आलोचना नगरेर चार्तुयता देखाएको टिप्पणी समेत भइरहेको छ ।

भारतबारे राजनीतिक प्रतिवेदनमा निकै संयम अपनाउँदै अर्थपूर्ण सन्देश दिएका छन् । उनले हिन्दु सेन्टिमेन्टलाई नचिढ्याउने रणनीति समेत अपनाएको देखिन्छ । देशमा हिन्दु सेन्टिमेन्ट बढ्दै जाँदा प्रचण्डले यसविरुद्ध बोल्नुलाई अलोकप्रीय बन्नुजस्तै हुने बुझेर यस्तो रणनीति अपनाएको टिप्पणी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP