सोमबार , भाद्र १५, २०८३

नेकपा माओवादी केन्द्रले सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि गृहकार्य गरिरहेको छ ।

माओवादी महाधिवेशन अन्तर्गतको बन्दसत्र केहीबेर रोक्दै सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि शीर्ष नेताहरुले गृहकार्य गरिरहेका छन् । माओवादीमा केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ ।पुस ११ गतेदेखि राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै हुँदा समस्या भएको हो । केन्द्रीय समिति र पदाधिकारीहरुको टुंगो सकेसम्म बन्दसत्रको हलबाटै लगाउने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन् । तर निर्वाचनको तयारी पनि संगसंगै भइरहेको छ ।

बन्दसत्रले पारित गरेको नयाँ विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ । पदाधिकारीको संख्याबारे विधानमा स्पष्ट छैन। पदाधिकारीको चुनाव कसरी गर्ने भन्ने विषयमा पनि अन्योल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP