मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पारित गर्नेगरि अघि बढेका छन् । उनले आफूनिकट नेताहरुसँग यो विषयमा छलफलसमेत थालिसकेका छन् ।स्रोतकाअनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको र सहयोग नहुने देखेपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ लिनेगरि तयारी थालेका छन् ।

‘आज/भोलिभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता हुँदैछ’–स्रोतले भन्यो । पुष ११ गतेको माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा नै प्रधानमन्त्री देउवाले एमसीसीको बचाउ गरेका थिए । र, यसलाई अघि बढाउनुपर्ने उनको तर्क थियो । उनले एमसीसी कुनैपनि हालतमा नेपालको अहितमा नरहेको पनि जिकिर गरेका थिए ।

उनले आफूले राष्ट्रघाती काम गरौंला र ? भन्दै उल्टै प्रश्न गरेका थिए । तर, माओवादी केन्द्रमा एमसीसीलाई लिएर चर्को विरोध र आलोचना छ । महाधिवेशनले प्रतिनिधिहरुले त एमसीसीको खारेजीको माग गर्दै आएका छन् ।

तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेस र यसका नेतृत्व देउवाले भने अब एमालेको साथ लिएर पनि एमसीसी पारित गराउने तयारी थालेका छन् । उनले अब एमसीसीलाई धेरै अन्यौलमा नराख्ने भनेर आफूनिकट नेताहरुसँग पनि भनिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP