मंगलबार , भाद्र १६, २०८३

काठमाडौँ उपत्यकासहित देशभर हुस्सु तथा कुहिरोसहित चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो विस्तारै हट्दै जानेछ। बिहान सबेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० मिटरमात्रै रहेको भिजिबिलिटी बिस्तारै बढ्दै गएको मौसमविद् राजु प्रधानाङले बताए।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन्। हाल देशको गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराईका केही भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिक बदलीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैबीच पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP