मंगलबार , बैसाख २९, २०८३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जनाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले उक्त विमानस्थलमा ‘क्यालिबे्रसन’ उडानको पहल भइरहेको बताए ।खासगरी भारतीय पक्षसँग यस विषयमा कुरा भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले व्यावसायिक उडानको बाटो पनि खुला हुने उनको भनाइ छ । भारतले विमानस्थल सीमा क्षेत्र नजिकै रहेकाले त्यसबाट सुरक्षा चुनौती हुन सक्ने जानकारी नेपाललाई गराउँदै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न सञ्चालन मोडालिटीमा छलफल भइरहेको र सरकारलाई सबैभन्दा बढी फाइदा हुने मोडालिटी छनोट गरिने मन्त्री आलेले जनाए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालन गर्नेगरी तयारी गर्न पनि निर्देशन दिनुभयो । युरोपेली सङ्घ (ईयू)ले नेपाली जहाजलाई सुरक्षा सूचीमा राखेकाले त्यसलाई हटाउन सबैले प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । “मैले लन्डन भ्रमणका क्रममा पनि काठमाडौँबाट त्यहाँसम्म छिट्टै उडान हुने प्रतिबद्धता व्यक्त गरेको छु । सुरक्षा सूचीबाट बाहिरिन सबैले पहल गरौँ,” उनले भने । ईयूले सन् २०२२ मा नेपालको हवाई सुरक्षाको परीक्षण गर्दै छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP