मंगलबार , बैसाख २९, २०८३

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । उनले अनुदान रकम नेपालको हितमा रहेको भन्दै ‘एमसीसी कुनै सैन्य परियोजना नभएको’ पनि प्रस्ट पारे ।
‘नेपालको भौतिक विकासका लागि नै हो, जलविद्युत्को ट्रान्समिसन र सडक विस्तारका लागि नै परियोजना आएको हो,’ उनले थपे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ, त्यसैले योअघि बढ्नुपर्छ ।’ संसद्बाट एमसीसी पास गर्न दल सहमत हुने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले अर्को प्रसंगमा ‘ आगामी वर्ष सबै तहका निर्वाचन समयमै हुने’ दाबीसमेत गरे । ‘निर्वाचन शान्तिपूर्ण ढंगले समयमै हुन्छ, सरकारले त्यसका लागि शान्तिसुरक्षा प्रदान गर्ने छ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुने छन् ।’

पर्यटकीय नगरी पोखरा लेकसाइड क्षेत्र चौबिसै घण्टा खुला गर्ने बताउँदै उनले आवश्यक शान्ति सुरक्षा प्रत्याभूत गर्नेगरी अघि बढ्न सुरक्षा निकाय र प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० सन्दर्भमा सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौंको ठमेल, चितवन सौराहा र पोखरा लेकसाइडलाई चौबिसै घण्टा खुला गर्नेगरी तयारी अगाडि बढाएको पनि उनले जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP