मंगलबार , बैसाख २९, २०८३

सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगटिभ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी नेपाल भित्रने अनुमति दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्को यही पुस ९ सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधनका सम्बन्धमा बैठकको निर्णय कार्यान्वयनका लागि मातहतका निकायलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ । नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएकालाई उक्त अनुमति दिने निर्णय गरेको हो ।

खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने तथा परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा पठाउन पनि पत्रमा भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई भरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश दिन पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।
खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्न पनि पत्रमा भनिएको छ ।

पत्रमा परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउन भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वारेन्टिन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP