बुधबार , जेठ ८, २०८२

कुमारी बैंकलाई बैंकको प्रणाली ह्याक गर्ने भन्दै ह्याकरले चेतावनी दिएको छ ।

बैकलाई अज्ञात समूहले इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको कुमारी बैंक स्रोतले जनाएको छ ।

चेतावनी आएसँगै बैंकले सोबारे नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकले अहिले प्रणालीहरू सबै सुरक्षित रहेको बताएको छ ।तैपनि सचेत रहन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए ।

उनले भने,’हामीले अहिले सबै बैंक तथा वित्तीय संस्थालाई सचेत रहन भनिसकेका छौं, आत्तिनुपर्ने केही अवस्था छैन ।’

गत साउनमा पनि ह्याकरको समूहले इमेल लेख्दै बैंक तथा वित्तीय संस्थाहरूलाई प्रणाली ह्याक गर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP