मंगलबार , भाद्र १६, २०८३

कुमारी बैंकलाई बैंकको प्रणाली ह्याक गर्ने भन्दै ह्याकरले चेतावनी दिएको छ ।

बैकलाई अज्ञात समूहले इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको कुमारी बैंक स्रोतले जनाएको छ ।

चेतावनी आएसँगै बैंकले सोबारे नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकले अहिले प्रणालीहरू सबै सुरक्षित रहेको बताएको छ ।तैपनि सचेत रहन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए ।

उनले भने,’हामीले अहिले सबै बैंक तथा वित्तीय संस्थालाई सचेत रहन भनिसकेका छौं, आत्तिनुपर्ने केही अवस्था छैन ।’

गत साउनमा पनि ह्याकरको समूहले इमेल लेख्दै बैंक तथा वित्तीय संस्थाहरूलाई प्रणाली ह्याक गर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP