मंगलबार , भाद्र १६, २०८३

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान)को रहेको बताउदै आफुले त्यसलाई सम्मान गर्ने बताएका छन् । साथै, उनले विवाद मिलाउन आफुले कोशिस गर्ने बताएका छन् ।

मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि दुई दिन अघि नेपाल आएका उनले आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताएका हुन् ।

‘मैले क्यान र खेलाडी दुबै पक्षसँग छलफल गरेको छु । तर, परिवर्तन गर्ने अधिकार क्यानको हो । अब त्यहिँ नै निर्णय हुनेछ’, उनले भने ।

क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो ।

खेलाडी वर्गिकरणको विषयमा सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए ।

उनले क्यान र खेलाडी बीचको विवाद सुल्झाउने कोसिसमा पनि आफू अग्रसर हुने बताए । ‘म २÷३ दिनभित्रमा नै खेलाडीसँग बसेर यी कुराहरूको जानकारी लिन्छु । उनीहरूलाई राष्ट्रिय टोलीमा फर्काउन प्रयास गर्नेछु’ उनले भने ।

यस्तै, उनले प्रधानमन्त्री कप, मेयर कपजस्ता घरेलु प्रदर्शन हेर्न आफू उत्साहित रहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP