मंगलबार , भाद्र १६, २०८३

सामाजिक सञ्जाल ट्वीटर, टिकटक र फेसबुकमा यतिखेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चिप्लिएर लडेको भन्दै एक भिडियो क्लिप भाइरल भएको छ । भिडियोमा एउटा ओरालो बाटोबाट एक हुल मानिस हिँडिरहेका छन् । तीमध्ये एकजना चिप्लिएर लड्छन् । ती चिप्लिने व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता प्रचण्ड भएको दाबी गरिएको छ ।

यो भिडियोबारे सउथ एसिया चेक डट ओआरजीले फ्याक्ट चेक गरेको छ । यो भिडियो ट्वीटरमा पुस १४ गते पोस्ट भएको छ र साथमा प्रचण्ड चिप्लिएको अवस्था दुई शब्द जाओस्न लेखिएको छ । र यो भिडियो टिकटकमा पनि पोस्ट गरिएको छ ।

साउथ एसिया चेकले उक्त भिडियोमा लडेका व्यक्ति प्रचण्ड हुन् कि हैनन् भनी तथ्य जाँच गरेको छ ।

उक्त भिडियोमा देखिएका व्यक्तिहरुको तस्बिर प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले आफ्नो फेसबुकमा गत कात्तिक २५ गते शेयर गरेकी थिइन् । त्यसमा उनले ‘डोल्पाको विविध कार्यक्रमको क्रममा’ भन्ने स्टाटस लेखेकी थिइन् ।त्यसको एक दिनअघि उनले सोही कार्यक्रमका फोटो सहित यस्तो स्टाटस लेखेकी थिइन्, “अध्यक्ष कमरेड प्रचण्ड सँगै अर्थ मन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत लगायत नेताहरुको आतिथ्यतामा डोल्पाको डोल्पो बुद्ध नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष लगायत सम्पुर्ण वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश कार्यक्रम लगायत डोल्पाको विभिन्न ठाउँको अवलोकन साथै जनतासँग भेटघाट ।”

उक्त कार्यक्रमबारे केही अनलाइनले समाचारसमेत प्रकाशित गरेका छन् । हामीले सो भिडियो क्लिपलाई बीच बीचमा रोकेर त्यहाँ देखिएका मान्छे, तिनका पहिरन, हाउभाउ र गंगा दाहालले फेसबुकमा शेयर गरेका फोटो बीच तुलनात्मक अध्ययन गरिएको छ । भिडियोमा प्रचण्डसँगै देखिएका तीन जना र फोटोमा देखिएका मध्येका तीन जनालाई हामीले पहिचान गर्यौ ।

भिडियोमा प्रचण्ड लड्नुअघि उनको पछाडिको भाग मात्र देखिएता पनि उनको पहिरन, हिँडाइ र उनीसँग रहेका व्यक्तिहरुको पहिचानबाट हामी भिडियो क्लिपमा लडेका व्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन् भन्ने निष्कर्षमा पुगेको साउथ एसिया चेकले जनाको छ । साउथ एसिया चेक डट ओआरजीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP