मंगलबार , भाद्र १६, २०८३

पूर्वयुवराज पारस शाहले आफ्ना पुर्खाहरूको बलिदानका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । आफ्नो ५० औँ जन्मदिनका अवसरमा पारसले आफ्नो फेसबुकमार्फत एक टिप्पणी सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गर्ने आफ्ना पुर्खाप्रति उनले श्रद्धाञ्जलि अर्पणसमेत गरेका छन् ।

उनले लामो बाटो आइपुग्दा महत्त्वपूर्ण जीवन परिवर्तन गर्ने घटना देखेको बताएका छन् । उनले यी सबैको माध्यमबाट धेरै कुरा सिकेको उल्लेख गरेका छन् ।

पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रूपमा सांस्कृतिक विविधताबारे अनुभव गरेको पनि बताएका छन् ।उनले ५० वर्षको उमेरसम्ममा परिवारको सहयोग र राम्रो स्वास्थ्य पाउन सक्नु नै आफ्ना लागि सुन्दर उपहार भएको बताएका छन् । जटिल परिस्थितिको समयमा पनि आफूले पाएको निःस्वार्थ प्रेम सच्चा नेपाली भावना भएको उनले बताएका छन् ।

‘परिवार र शुभचिन्तकको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको छ । त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समतामूलक नेपाल बनाउन सहयोग गर्ने छ’ उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP